बाघको छाला र हड्डी सहित पक्राउ

0
Shares

न्युज अफ नेपाल, दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका-४ तिलुकाना बस्ने ६८ वर्षीय शिब बहादुर शाहीलाई बाघको छाला १ थान र हड्डी सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई-छिपाई राखेको उक्त छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।