श्रोत नखुलेको नेपाली रुपैयाँ सहित २ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, बाँके ।
नेपालगंज उपमहानगरपालिका-२ स्थित घरबारी टोलबाट श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-२ बस्ने बिनोद कुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र ५ नम्बर प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले भे.५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।