सिन्धुपाल्चोकको जिल्ला कारागारमा आगलागी हुँदा १५ लाखको क्षति



न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जिल्ला कारागारमा आइतबार आगलागी हुँदा १५ लाखको क्षति भएको छ ।

सिन्धुपाल्चोक चौतारामा रहेको जिल्ला कारागारको कर्मचारी बस्ने आवासमा आइतबार साँझ ५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको होे ।

ग्यास लगायत तत्काल आगो सल्किने सामाग्रीहरु धेरै रहेका कारण आगो क्षणभरमै फैलिएको थियो ।

आगलागीबाट १५ लाख बराबरको क्षति भएको तथा विवरण संकलनको कार्य भईरहेको र स्थानीय र प्रहरीको सक्रियतामा तत्काल आगो नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

आगलागीबाट प्री फ्याप भवनमा क्षती पुग्नाका साथै कर्मचारीले आवासमा प्रयोग गर्ने सामाग्री जलेका छन् ।

प्रतिक्रिया दिनुहोस्