बालिका जबरजस्ती करणी अभियोगमा नेकपाका नेता पक्राउ



न्युज अफ नेपाल, रामेछाप ।

१३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगित सुनुवार पक्राउ परेका छन् ।

नेकपाका स्थानीय नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षिया बालिकालाई मंसिर २ गते जवरजस्ती करणी गरेको उजुरीको आधरमा सुनुवारलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले जबरजस्ती करणी गरेको कुरा कसैलाई पनि नभन्नु भनेको कारण बालिकाले उक्त घटनाको बारेमा कसैलाई पनि भनेकी थिइनन् ।

तर त्यसपछि पनि सुनुवारले पटक–पटक जबरजस्ती करणीको प्रयास गर्न खोजे पछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन् ।

घटनाको बारेमा थप अनुसन्धानको लागि रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नीरिक्षक यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्