भिडियोमा मायालुको रूप



विक्रमजंग शाह र मेलिना राईको गीत टिलपिल टिलपिल तारा म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

सुमन श्रापितको शब्द, जीवन परियारको संगीत र सुदीप सागरको संगीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ।

संगीता श्रेष्ठको निर्देशन र रोहन असिबको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश वज्राचार्यको सम्पादन रहेको छ। गीतमा मायालुको रूपको वर्णन गरिएको छ। भिडियो पनि सोहीअनुसार तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्