जाली मायाको भिडियो



गायक अभि जिसीको गीत जाली माया म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। अभीकै शब्द र संगीत तथा योगेशकाजीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीले अन स्क्रिन रोमान्स गरका छन्। मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन्।

केही फिल्मको सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोको निर्देशन गरेका किशनले म्युजिक भिडियो राम्रो बनाउने प्रयास गरेको बताउँछन्।

मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत संगीत क्षेत्रमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो। ‘हामीले एउटा राम्रो गीत स्रोता र दर्शकमाझ पस्किने प्रयास गरेका छौँ, सबैको माया पाउँनेमा आशावादी छौँ’ –अभी भन्छन्।

प्रतिक्रिया दिनुहोस्