संसारकै सबैभन्दा खतरनाक र सुरक्षित देशहरू



काठमाडौँ ।

लिबिया र सोमालियालाई संसारकै सबैभन्दा खतरनाक देशका रूपमा ट्राभल रिस्क म्यापमा चित्रण गरिएको छ । त्यसपछि अफगानिस्तान र भेनेजुएला सुचीमा परेका छन् ।

विदेश भ्रमण गर्ने यात्रीहरूलाई विदेश जाँदा हुने जोखिमका बारेमा सचेत गराउनका लागि यो नक्सा जारी गरिएको हो ।

नक्सामा रातो लगाइएका देशहरूमा सडक सुरक्षा, शान्ति सुरक्षा र स्वास्थ्य समस्याले यात्रीलाई समस्यामा पार्ने बताइएको छ ।

सबैभन्दा सुरक्षित देशहरूमा फिनल्यान्ड, नर्वे र आइसल्यान्ड रहेका छन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य तथा सुरक्षा विशेषज्ञहरू इन्टरनेसनल एसओएसले यो नक्सा जारी गरेको हो ।

स्वास्थ्यको कुरा आउँदा संक्रमणको उच्च जोखिम भएका देशमा अफ्रिकी मुलुकहरू नाइजर, गिनी, सिएरालियोन, लाइबेरिया, दक्षिण सुडान लगायतका देश छन् ।

त्यसको विपरीत रोगको अत्यन्त कम जोखिम भएका देशमा अधिकांश युरोपेली मुलुक, क्यानडा, अमेरिका, न्युजील्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया र जापान पर्छन् ।

सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै जोखिमपूर्ण देशमा अफगानिस्तान, सिरिया, यमन, इराक, सोमालिया, लिबिया र नाइजेरियाका केही भाग परेका छन् ।

सुरक्षा जोखिम नगण्य भएका देशमा नर्वे, ग्रीनल्यान्ड, फिनल्यान्ड, आइसल्यान्ड, स्विट्जरल्यान्ड र स्लोभेनिया छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्