दिसाबाट तुरून्तै मल हुने चर्पी बन्याे



काठमाडौँ ।

दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण भएको छ । अघिल्लो मंगलबार चीनको बेइजिङ पुगेर बिल गेट्स त्यसको उद्घाटन गरेका हुन् ।
माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले यस्तो चर्फीको निर्माण गरेको हो ।

उक्त चर्फीले पानी र ढल बिनै सिधै मानव मलमुत्रलाई मलको रुपमा रुपान्तरण गर्ने जनाईएको छ । त्यसका लागि चर्पीमा दिसा बस्ने ठाउँलाई प्राविधिक रुपमा निमार्ण गरिएको छ ।

जसले मानव मलमुत्र एउटैमा मिलाएर त्यसमा विभिन्न केमीकल प्रयोग गरि तुरन्तै मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ ।

यस्तो चर्फीको अनुसन्धाको लागि मात्रै बिल गेट्सको २० अर्ब खर्च लागेको एजेन्सीले जनाएको छ । उद्घाटन कायक्रममा बोल्दै गेट्सले अनुसन्धान र त्यसको लागतको विषय खुलाएका हुन् ।

यसको विकास र बजार विस्तारको लागि यति नै थप रकम खर्च हुने गेट्सले बताएका छन् । हाल चर्फीमा दिसा पखाल्न ठूलोमात्रामा पानीको प्रयोग भइरहेको छ । पानीको प्रयोगलाई कम गर्न पनि यसले मद्दत गर्ने गेट्सको भनाई छ । साथै चर्फीबाट निस्किने किटाणुबाट बच्न यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

गेट्सका अनुसार यो चर्फीमा विभिन्न मोडल र विभिन्न केमिकल प्रयोग गर्न सक्ने गरी अनुसन्धानको काम भइसकेको छ । ‘अनसन्धानकर्ताहरुले आफ्नो मोडल सहितको जानकारी लगानीकर्तालाई दिन बाँकी छ,’ गेट्सले भनेका छन्, ‘अबको बाटो भनेको ठूलो परिणाममा त्यसको उत्पादन नै हो ।’
एजेन्सी

प्रतिक्रिया दिनुहोस्