दुई भाइ खम्बा

0
Shares

सरकार सुस्त भएको आवाज सर्वत्र गुन्जन थालेसी पीएम ओलीको ध्यान भंग भाछ। बालुवाटार परिसर हुँदै किचेन क्याबिनेट र बेडरुमसम्मै पुग्नेबाट ओली बल्ल सर्तक भाछन्। आफ्नो दुनो सोझ्र्याउनेलाई गोडमेल गर्दै सरकारको ‘गियर चेन्ज’ गर्ने कसरतमा उनी जुट्या छन्।

सल्लाहकार, सचिवालय सदस्य मात्रै होइन क्याबिनेटलाई राम्रैसँग गोडमेल गर्ने बलियो संकेत कम्रेडबाट आएको छ। कम्रेडले बलियै कदम चाल्ने संकेत बुझेसी केही सल्लाहकार र सचिवालय सदस्यले राजीनामा ठोकिसक्या छन्। आधाउधी क्याबिनेट सदस्यको जागिर चैट हुने भएसी तयारी चानेचुने होइन।

त्यै पनि ओलीका राजनीतिक सल्लाहकार रिमाल अझै राजीनामा गर्न अघि सर्या छैनन्। राजीनामा नगरेसी उनी अझै मालामाल हुने लाइन देखिएको छ। ओलीकै इसारामा रिमालले हलचल नगर्या नेकपाका वरिष्ठहरू बताउँछन्।

अहिले कम्रेडले क्याबिनेटसमेत गोडमेल गर्ने भएसी ‘आलोचना मन्त्री’ बाँस्कोटा फ्याकिने कोटा छन् कि छैनन् भनेर धेरैले चासो व्यक्त गर्या छन्।
सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटा सरकारी सूचना लुकाउन माहिर छन्।

पीएम ओली भन्दा चर्को कटाक्ष गर्ने अनि प्याचप्याची बोलेर आमनेपालीलाई चिड्याउने खबी छ उनको। त्यसैले सरकारको सशक्त खम्बाका रूपमा रिमाल र बाँस्कोटा दोहोरिए भने छक्क नपरे हुन्छ है पाठकवृन्द। अनि भने हुन्छ– ‘ए सरकारका खम्बा, ए दुई भाइ जम्मा।’