देवता, मान्छे र दानव



अस्ति देवता, हिजो मान्छे आज दानवका रूपमा चित्रित गर्नुपर्ने मान्छे यो संसारमा को होला? पाठकवृन्द तपाईंहरूले नै यसको जवाफ दिनुपर्नेछ।

धरहरा यसको नाम भन्न सक्दैन। किनकि उसलाई नाम भन्ने अधिकार कसैले पनि धरहरालाई दिएको छैन।

हिजो–आज मुलुक एउटा विषयले गर्माएको छ। त्यही प्रसंगमा ती व्यक्तिलाई आजकल नेपालीले माथिका उपमा दिएको सुनेपछि भगवान् पनि कहीं दानव हुन सक्छ, यो नेपालीहरूको
मूर्खता हो।

विश्व धार्मिक इतिहासमा कहीं पनि एकपटक देवता भनेर पुजेको भगवान्लाई फेरि दानव बनाएको इतिहास छैन। मन परे भगवान् मन नपरे दानव यो पनि हुन्छ दुनियाँमा? यो प्रश्नसँगै भगवान् हँुदै दानव बनेका मान्छेले पनि सोचिदिएको भए आज यो गति हुने थिएन है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्