मिनी संसद्



कैलालीको टीकापुर घटनाका मुख्य नाइके भनिएका रेशम चौधरी जेलमा छन्। चौधरी कैलालीबाट निर्वाचित सांसदसमेत हुन्। सांसद भएको एक वर्षपछि बल्लतल्ल उनले शपथ लिए, शपथ दिलाउने थिए पूर्वसभामुख महरा।

अचम्मै छ, शपथ गर्ने र गराउने अहिले दुवै जेलमा छन्। चौधरी र महरा मात्रै हैन, तराईका सांसदद्वय मोहम्द अफ्ताब आलम र प्रमोदकुमार साह, कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, मधेसकै अर्का नेता सञ्जय तक्लालगायतका नेता प्रहरी खोरमा छन्।

भनेसी राष्ट्रियसभा भन्दा ठूलो जमघट जेलमै हुने बलियो संकेत देख्या छ।सभामुखदेखि सांसद उतै भएसी जेलमै मिनी संसद् चलाए कसो होला ? यो प्रस्तावको पक्षमा रहने माननीय पाठकवृन्दले हुन्छ भन्नु होला, यो प्रस्तावको विपक्षमा रहनेहरूले हुन्न भन्नु होला।

प्रतिक्रिया दिनुहोस्