कर्मचारीसँग प्रेमसम्बन्ध राखेपछि म्याक्डोनाल्ड्सका प्रमुख ब्रुकको जागीर चट्


न्यूयोर्क । अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ ।

आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष) क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ । केम्पजिन्स्की म्याकडोनाल्डको सञ्चालक समितिको निर्वाचित निर्देशकमध्ये एक हुनुहुन्छ ।

आफ्नै कार्यालयका कार्यरत एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको सूचना बाहिरिएपछि ब्रुकलाई जिम्मेवारीबाट हटाएको हो ।

ब्रुकले कर्मचारीसँग सहमतिमा नै प्रेमसम्बन्ध राखेको भएपनि कम्पनीको नेतृत्वमा रहेर कम्पनीको अनुशासन र नीति उल्लङ्घन गरेको आरोप लगाइएको छ । कर्मचारीसँग प्रेम सम्बन्ध गाँस्ने कुरा कमजोर निर्णय क्षमता भएको उहाँमाथि कम्पनीले आरोप लगाएको छ ।

ब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको महशुस भएको र कम्पनीको मूल्य र मान्यतालाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमति समेत गरिसकेको सञ्चार माध्यमसँग उहाँले बताउनुभएको छ ।

बेलायती नागरिक ब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन्। ५२ वर्षीय ब्रुकले सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा कम्पनीको काममा जोडिनुभएको थियो भने सन् २०१५ मा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त हुनुभएको थियो ।

ब्रुकले म्याक्डोनल्ड्सको ख्यातीलाई नयाँ नयाँ योजना र सेवाका सूचीद्वारा कम्पनीलाई उचाइमा पु¥याउनुभएको थियो । उहाँको नेतृत्वबाट कम्पनीको शेयर मूल्यमा निकै वृद्धि भएको थियो । एएफपी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।