सरकारको छलाङ



सरकारले केही काम गरेन भन्नेहरूको मुखमा बुझो लाग्ने भएको छ। आइतबार सातवटै प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्या सरकारले अब छिट्टै नारायणहिटी संग्रहालयलाई भाडामा लगाउने भा’छ। संग्राहलयभित्रको लमजुङ कक्षभित्रको डाइनिङ हल दारू–पानीसहितको जमघट गर्न मिल्ने गरी भाडामा दिने भएको हो।

स्वदेशमै रोजगार सिर्जना गर्न र छेलोखेलो राजस्व उठाएर सरकारको ढुकुटी हराभरा बनाउन पर्यटन मन्त्रालयले यस्तो अवधारणा अघि सारेको चर्चा छ। संग्राहलयभित्र ऊ बेला राजा–रानी सुत्ने गर्या खाट, बस्ने गर्या कुर्ची, सोफा पनि छन् क्यार त्यस्ता सामग्रीलाई पनि भाडामा लाउँदा झनै बढी राजस्व उठ्थ्यो क्यार, यसबारेमा सरकारले के सोच्या छ कुन्नी ?

लमजुङ कक्ष मात्रै किन, समग्र नारायणहिटी, सिंहदरबार, बालुवाटार, शीतल निवास, पुल्चोकको मन्त्री क्वाटर पनि भाडामा लगाउने हो भने गज्जब गज्जबका स्टार होटल बन्ने थिए। यस्तो निर्णय पनि छिट्टै गर्नुपर्यो, नत्र कहँँ सरकारले काम गर्या देखिन्छ र
भन्या ?

प्रतिक्रिया दिनुहोस्