असली शेर



कांग्रेस सभापति देउवालाई धेरैले दाइ भन्छन्। सात दशक नाघिसके पनि अझैं सबैका दाइ र युवा नेता कहलिन रुचाउँछन्, बढ्डा। तर शुक्रबार पार्टी कार्यालयमा उमेरको विषयलाई लिएर देउवा राम्रैसँग जंगिए।

पाँच दशक नाघेपछि आरजुसँग लगन गाँठो कसेर हो क्यार उनी ५० वर्षकालाई नेविसंघ नेता बनाउन लागीपर्या छन् तर पार्टी कार्यकर्ता र शुभेच्छुक यस्तो शैली विरुद्ध उत्रिएसी देउवाले आफ्नो असली रूप देखाएका छन्।

सुदूरपश्चिमका शेरले पार्टी मुख्यालय सानेपामा ‘मा’, ‘मु’ जस्ता अश्लिल मन्त्र फरर फलाकेर आफ्नो असली रूप देखाएसी धेरै हच्किएका मात्रै छैनन् थरर पनि भाछन्। हैन भने हेरौ, शेरको असली रूप। तस्वीर आफै बोल्छ।

प्रतिक्रिया दिनुहोस्