शान्ति समाजको देउसी भैलोबाट रु ७५ हजार २७५ सङ्कलन



काठमाडौँ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा देउसी भैलो कार्यक्रम आयोजना गरी रु ७५ हजार २७५ सङ्कलन गरिएको छ ।

सङ्कलित रकम सामाजिक काममा उपयोग गरिने समाजका काठमाडौँ शाखा सचिव ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । कात्तिक ११ गते समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीको गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँबस्तीको घरमा देउसी भैलो कार्यक्रम गरिएको हो ।

देउसी भैलो कार्यक्रममा पूर्वमन्त्री अम्बिका बस्नेत, प्रदेशसभा सदस्यद्वय रामेश्वर फुयाँल र छिरिङ दोर्जे लामा, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–६ र ८ का वडाध्यक्षद्वय क्रमशः रमेश अर्याल र मनोज ढुङ्गाना, केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बराल, शान्ति समाजका पूर्वमहासचिव कुमार सुवेदी, समाजका पूर्वकाठमाडौँ सभापति कोमल लामिछाने, पूर्वकोषाध्यक्ष बटुकृष्ण ढुङ्गेललगायत विभिन्न क्षेत्रका १०० भन्दा धेरै व्यक्तित्वको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले यस्ता गतिविधिले संस्कृति संरक्षण हुनाका साथै सानातिना सामाजिक काममा सहयोग पुग्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्