श्रीमान्को हत्या आरोपमा पक्राउ



धम्बोझी। श्रीमान्को हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो ।

दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

जुवा खेलिरहेको अवस्थामा पाँच पक्राउ

जुवा खेलिरहेको अवस्थामा पाँच जुवाडे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले मधुवन नगरपालिका–८ सानोश्री होटल सनराइज एन्ड लजमा जुवा खेलिरहेको अवस्थामा ती जुवाडे, उनीहरुको साथमा रहेको नगद ५८ हजार ८४० र तास बरामद गरेको प्रहरी उपरीक्षक बाँस्तोलाले बताउनुभयो । जुवाडेहरुलाई कानूनबमोजिम आवश्यक कारबाहीका लागि अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्