रूखबाट लडेर मृत्यु



गोरखा।
गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ । घर नजीकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिनुभयो ।

रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताउनुभयोे । “आज बिहान उनी घाँस काट्न घरबाट निस्कएका रहेछन्”, उहाँले भन्नुभयो, “घाँस काट्दै गर्दा रूखको हाँगासमेत भाँचिएर भुइँमा बजारिन पुग्दा मृत्यु भएको हो ।” पूर्वनेपाली सेना दराईको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।

घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि स्थानीयवासी पुगेको भए पनि घटनास्थलमै उनको मृत्यु भएको वडासदस्य दराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्