लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ। नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताए।

सबस्टेशनमा रहेको तेलमासमेत आगलागी हुँदा आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए। नियन्त्रणमा आइनसकेकोले आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्