सवारी दुर्घटनामा एकको मृत्यु , एक घाईते



पुष्कर बुढाथोकी,भक्तपुर ,(नेस)।

भक्तपुर नगरपालिका १० मुलढोकामा मंगलबार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसरका अनुसार बा ४ ख ६०७ नम्बरको बसले ठक्कर दिंदा पैदल यात्रु विकाश तामाङको मृत्यु भएको हो ।

अगाडि पार्किङमा राखेको बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिए लगत्तै बसले पैदल यात्रु तामाङलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । वर्ष २० का विकास तामाङ काभ्रे डाँडापारिका रहेको बुझिएको छ ।

सोही बसको ठक्करबाट घाइते पैदलयात्री सुर्यविनायक नगरपालिका ७ गुण्डुका १८ वर्षीया विशाल तामाङको भने सामान्य अवस्थामा उपचार भइहरको छ ।

प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बसका चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याख्वलाई नियन्त्रणमा लिइएको छ । बस चालक बलरामले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्