बलात्कार आरोपमा विद्यार्थी नेता पक्राउ



काठमाडौं । बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पक्राउ परेका छन् ।राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षका बिद्यार्थी हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो ।पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ।

पीडितका अनुसार राईले देउसी खेल्न भनेर बोलाएर उनीमाथि जबरजस्तीकरणी गरेका थिए ।उनको सोमबारै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।

अपरान्ह करिब ३ः३० बजे राईले उनका आफन्तको कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ ।

प्रतिक्रिया दिनुहोस्