काठमाडौ ।
फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन हुन लागेपछि सम्भावित हिंसा नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। शनिबार देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
हेलोविन पर्वसमेत परेकाले प्रदर्शनका क्रममा हिंसा भड्किन सक्ने आशङ्कामा पेरिससहित विभिन्न सहरका पसल तथा व्यावसायिक प्रतिष्ठान काठका फल्याकले छोपिएका छन्। पेरिसका ४० भन्दा बढी मेट्रो स्टेसन बन्द रहनेछन् भने ट्राम सेवा पनि प्रभावित हुनेछन्।
बढ्दो जीवनयापन खर्च, असमानता, शिक्षा क्षेत्रको समस्या र नागरिक स्वतन्त्रताको माग गर्दै प्रदर्शन भइरहेको छ। आन्दोलनमा ‘येलो भेस्ट’ कार्यकर्ता, ट्रेड युनियन तथा विद्यार्थी सहभागी छन्।
यसअघि अक्टोबर १७ मा भएको प्रदर्शनमा झडप, लुटपाट र आगजनीका घटना भएका थिए। पुनः त्यस्तै हिंसा दोहोरिन नदिन सरकारले सुरक्षा सतर्कता बढाएको छ। आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा प्रदर्शनले फ्रान्सको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।











प्रतिक्रिया