मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गैडाकोट ७ बस्ने बर्ष २४ का प्रकाश सापकोटा र मोटसाइकलमा सवार २५ बर्षका सन्तोष जिसीको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते दुवैको पुरानो मोडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्