बञ्चरो प्रहार गरी छिमेकीको हत्या



कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।

स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले छिमेकी २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी कैलालीले जनाएको छ ।

घटनापछि घाइतेलाई तत्कालै टीकापुर अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको उनले बताए । मानसिक सन्तुलन ठीक नभएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्