खै त प्रमाण ?



निकै ठूलो चर्चा छिचोल्दै सोमबार नागढुंगा–नौबीसे सुरुङमार्ग शिलान्यास भएको छ। पीएम ओलीले पूजापाठ गरी सुरुङमार्गको शिलान्यास गरे।

शिलान्यास गर्या प्रमाण ताम्रपत्रमा बकाइदा उल्लेख छ। ताम्रपत्र चन्द्रागिरि नगरपालिका–१ तोतिपाखामा सजाइएको छ।

ताम्रपत्रको घुम्टो खोल्दाको माहोल सुरुङमार्गको उद्घाटन भएझैं देखिन्थ्यो, सबैको अनुहार दङ, मख्ख।

पीएम ओलीले गत असोज १३ मा ललितपुरको भंैसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवासको शिलान्यास गर्या बेलामा पनि यस्तै माहोल पनि देख्याथ्यो।

तर, के गर्नु सो दिनको ताम्रपत्र अहिले बेपत्ता छ।भनेसी अर्को प्रमाण हराउने पालो सुरुङमार्गको ? नपत्याए तस्वीरमा हेरौं भैंसेपाटीको प्रमाण। यो कतै पीएम ओलीलाई असफल बनाउने खेल त हैन ?

प्रतिक्रिया दिनुहोस्