नाओमीले लगाइन् यौन उत्पीडनको आरोप



जेम्स बन्डको फिल्म स्काइफलमा बन्ड गर्लको भूमिकामा अभिनय गर्ने अभिनेत्री नाओमी ह्यारीसले एक ठूला हलिउड स्टारमाथि यौन शोषणको आरोप लगाएकी छिन्।
डेलीमेलमा प्रकाशित समाचारअनुसार अडिसनको क्रममा उनीमाथि यौन उत्पीडन भएको ह्यारिसको भनाइ छ।

ह्यारिसले भनेकी छिन्– ‘उक्त अभिनेताले अडिसनको बेला आफ्नो हात मेरो स्क्र्टमाथि राख्दा म निकै चकित भएकी थिएँ। त्यो बेला कास्टिङ डाइरेक्टर तथा डाइरेक्टर पनि सँगै थिए। तर उनीहरू केही पनि बोलेनन्। किनभने उनी ठूला स्टार थिए।

सबैभन्दा दुःखको कुरा त यो हो कि उक्त व्यक्ति अहिले पनि इन्डस्ट्रीमा सानका साथ काम गरिरहेको छ।’ उनले भनेकी छिन्– ‘हामीलाई लाग्छ कि हामी सबैसँग दिमाग हुन्छ। यदि हामीले यसको प्रयोग गरेमा धेरै चोटी यस्ता परिस्थितिबाट बाहिर निस्किन सकिन्छ।’ कास्टिङ काउचका घटना एकपछि अर्को गरी बाहिर आउने क्रममा उनले आफ्ना बारेमा भएको घटना बाहिर ल्याएकी हुन्।

प्रतिक्रिया दिनुहोस्