बाजागाजासहित गधाको बिहे भएपछि



आफ्नो परम्परा अनुसार मानिसले बिहे गर्ने कुरा हामीलाई थाहा नै छ । तर ब्याण्ड बाजा बजाएर गधाको बिहे भएको कहिल्यै सुन्नुभएको छ ? । सुन्दै अचम्म लाग्ने यो घटना हाम्र छिमेकी मुलुक भारतमा भएको हो ।

भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीको नल्ला पोचम्मा नामक मन्दिरमा हिन्दु रितिरिवाज अनुसार एक जोडी गधाको बिहे गराइएको हो । उक्त बिवाह बाजागाजासहित सम्पन्न गराइएको थियो । गधाको बिहे किन गराइयो भन्ने कुरा अझैँ अचम्म लाग्दो छ । वास्तवमा तेलंगानामा मानिसहरु कमजोर मनसूनका अनावृष्टिसँग जुधिरहेका छन् । त्यसैले वर्षातको कामना गर्दै उनीहरु यस्तो अनौठो क्रियाकलाप गरेका छन् । गधाको बिहे गरिदिएपछि जलदेवता खुसी हुने र भारी वर्षात् हुने त्यहाका मानिसहरुमा विश्वास छ ।

चार वर्ष पहिले पनि पानिको अभाव भएपछि त्यहाका मानिसहरुले गधाको बिहे गराइदिएका थिए । गधाको बिहेपछि बोवनपल्लीमा प्रसस्तै पानी परेको थियो । त्यसैले यस पटक पनि गधाको बिहेले वर्षात् हुने विश्वास गरी उनीहरुले सो कार्य गरेका हुन् ।

गाउँलेहरुका अनुसार द्वापर युगमा कृष्ण भगवानका पिताले समस्याबाट पार पाउनका लागि गधाको पाउ छोएका थिए । सोही किम्बदन्तीका आधारमा गधाको पाउ छोएर कन्यादान गरेमा शुभ हुने र समस्या हट्ने आम विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्