मिलनले मागिन् मुटुमा बास



गायिका मिलन नेवारले मेलोडी गीत मुटुभित्रै देऊ न मलाई बास बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन्।
डाक्टर राजुबाबु श्रेष्ठको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा गायिका स्वयंले सोलो अभिनय गरेकी छन्।

उनले हालै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको गीत दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताइन्।
गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले भिडियो छायांकन गरेका छन्। विकास दाहालको सम्पादन रहेको गीत एल्बम मिलन–२ मा संगृहित छ।

प्रतिक्रिया दिनुहोस्