स्विफ्टको दैनिक कमाइ नै ४.६ लाख डलर



अमेरिकी गायिका टे«लर स्विफ्ट संसारकै सबैभन्दा बढी कमाउने गायिका सावित भएकी छिन्। स्विफ्टले हालै फोब्र्सले जारी गरेको यस सूचीको पहिलो स्थान हासिल गरेकी हुन्।

जसअनुसार टेलरको वार्षिक कमाइ १ सय ८५ मिलियन डलर रहेको छ भने उनी एक दिनमै ५.६ लाख डलर कमाइ गर्छिन्। फोब्र्सको यो सूचीमा वियोन्से दोस्रो र रिहाना तेस्रो नम्बरमा रहेका छन्।

गत महिना फोब्र्सले विश्वभरि सबैभन्दा बढी कमाइ गर्ने सेलिब्रेटीको सूची जारी गरेको थियो। उक्त सूचीमा पनि टे«लर नै अग्रस्थानमा थिइन्।

प्रतिक्रिया दिनुहोस्