सार्वभौम नागरिकलाई बाच्न सारै गाह्रो छ यहाँ !
जताततै महँगी र बजार भाऊको बृद्धीले अहिले !!
धनि र सम्पन्न वर्गलाई मोज मस्ती छ हाम्रो देशमा अहिले !
विश्वमा उत्पादित महंगो सामग्रीहरुको प्रयोग गरी पहिले !!
दूब्लो पातलो मानिसलाई सितिमिती रोग लाग्दैन है कहिले !
मोटो घाटो र भूडीवाललाई बिभिन्न रोग लाग्द्छ है पहिले !!
ईमान्दार राष्ट्र सेबकलाई चिन्ता छैन कारवाहीको कहिले !
भ्रष्टाचारी र दूराचारीहरूको निद हराएकोछ डरले अहिले !!
पहिले भन्दा नियमनकारी निकाय सलवलाएको छ अहिले !
नक्कली काम कारबाहीको छानबीन सुरू भएको छ अहिले !!
ढिडो खान र फाटेको लुगा लगाउन पर्थ्यो गरिवहरूले पहिले !
फाटेको लुगा लगाउछन् धनि बाबूका छोरा छोरीहरूले अहिले !!
-सनत कुमार थापा
विभागीय प्रमुख
काठमाडौं महानगरपालिका, सामाजिक विकास विभाग