डेंगुराजमा भ्रमण वर्ष



डेंगुको दादागिरी जारी छ। डेंगुकै कारणले रसुवामा समेत एक जनाको मृत्यु भएकाले डेंगुराज अब हिमाल, पहाड अनि तराई सर्वत्र फैलिसकेको छ।

लामखुट्टे चिसो र हिमाली क्षेत्रमा पुग्दैन, पाइँदैन भन्ने कुरो असत्य सावित भएसी उच्च भेगमा यो जन्तु पाइएको विश्व रेकर्ड नेपालकै नाममा नरहला भन्न सकिन्न।

आक्रामकरूपमा डेंगुराज विस्तार भएसी सो जन्तुबाट त्रसित भएर हो क्यार आजकल त धेरैले ‘डेंगु‘ भन्दा पनि ‘डेंगी‘ शब्द उच्चारण गरेको सुनिन्छ। डेंगी भनेर उच्चारण गर्दा माया गरेको, आदर, सत्कार गरेझैं सुनिने भएर हो कि क्या हो।

अब यस्तै हो भने– ‘डेंगी मलाई र हाम्लाई चाहिँ दुःख नदेऊ है, बरु तिम्रो नाममा पूजापाठ गर्छु‘ भन्ने दिन आउन बेर छैन।
सरकार नेपाल भ्रमण वर्ष २०२०को प्रचार प्रसारमा जुट्या छ।

एकै वर्ष २० लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ ऊ तयारीमा जुट्या छ। भ्रमण वर्षको प्रचार–प्रसारलाई डेंगुराजले ओभरटेक गरिसक्यो, यस्तै हो भने २० लाख पर्यटक आउलान् र भन्या? हिमालमा समेत पुग्ने डेंगु कस्तो रै‘छ भन्दै हेर्न आउने पर्यटक त कमै हुन्छन् क्यारे⁄

प्रतिक्रिया दिनुहोस्