ब्राड टि मदिराको लत छोड्न १८ महिना सुधार केन्द्रमा



हलिउड अभिनेता ब्राड पिटले मदिराको कुलत छोड्न १८ महिनासम्म सुधार केन्द्रमा बसेको खुलासा गरेका छन्।

उनले द न्युयोर्क टाईम्ससँग कुरा गर्दै पूर्व पत्नी तथा नायिका एन्जेलिना जोलीले सम्बन्ध बिच्छेदको मुद्या दिएपछि आफुले १८ महिना सुधार गृहमा विताएको बताएका हुन्।

‘म जुन हदसम्म जान सक्थेँ, गएँ। अब मैले रक्सी पिउन छोडीसकेको छु’ पिटले भनेका छन्।

उनकी पुर्व पत्नी एन्जेलीनाले ब्राडको ईष्र्यापुर्ण व्यवहार र रक्सी पिउने बानीबट हैरान भएपछि आफुले सम्बन्ध विच्चछेद गर्न बाध्य भएको बताएकी थिईन्।

साथै आफ्ना बच्चाहरुलाई कसरी रेखदेख गर्ने भन्ने विषयमा कुरा नमिलेको कारण पनि आफुहरु अलगिएको बताएकी थिइन्।

तर ब्राडले भने बच्चाको पढाईको बारेमा एन्जेलीनाले आफ्नो निर्णय नमानेको र यो व्यवहारबाट हैरान भएको बताएका छन्। सन् २०१६ मा अलग भएका उनीहरुको ६ जना बच्चाहरु रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्