प्रधानमन्त्रीको स्वास्थ्यमा चामत्कारिक सुधार शुक्रबार स्वदेश फर्कने



Prime Minister KP Sharma Oli at an interaction with the Reporters’ Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिनुभयो ।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उहाँको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उहाँसँगै फर्कनुुहुनेछ ।

प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसक्नुभएको छ । यसअघि उहाँ सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्