नाच्नुपर्छ बीच–बीचमा



‘पोइल’ जान पाउनु ठूलो कि बीच–बीचमा नाच्नु ठूलो ? आजकी सांसद कोमल ओलीले ‘पोइल जान पाम्’ भनेर तीजको गीत गाएपछि कुनै बेला यति मान्छे झुम्न थालेका थिए कि ‘पोइल जान पाम् पाम् पाम्’ भनेर तीन पटक नदोहोर्याई ‘पोई’ नै नपाइने हो कि भन्ने आशंका सिर्जना भएको थियो।

अविवाहितहरूले ‘पोई’ पाउनका लागि र विवाहितहरूले पाएको ‘पोई’ स्थायी गराउनका लागि यो गीत दोहोर्याई दोहोर्याई गाए।सांसद ओलीले चाहिं ‘पोई’ पाइनन् नि भनेर कसैले आशंका नगरे हुन्छ, उनले धरहराको नजर पर्ने ठाउँमै ‘पोई’ पाउनुसम्म पाइसकेकी थिइन्, तर सायद शिवजीले ‘स्वीकार गर’ भनिदिएनन्।

अहिले आएर दुर्गेश थापाले ‘दिदीबहिनी मात्र नाच्छन् सधैंभरि तीजमा, हामी पनि नाच्नुपर्छ बीच–बीचमा’ भनेर लोक र रकको यस्तो मिश्रण गरिदिएकी कोमलहरू कोमल हुँदा–हुँदा नौनी भएरै पग्लिए।

धरहराले देख्यो, पशुपतिदेखि विष्णुमती क्षेत्रसम्मका महिलाहरू भेला भएर यही ‘बीच–बीचमा’ गाइरहेका थिए। सबै गायक गायिकाले समेत दुर्गेशको गीत गाएपछि चाहिँ शिवजीले कोमललाई ‘पोई स्वीकार गर’ भनिदिने सम्भावना हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्