मोदीले नेपाल भ्रमणको निम्तो अस्वीकार गरे



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट पठाएको निम्तो अस्वीकार गरेका छन् । मोदीले असोज ३ गते संविधान दिवसमा नेपाल आउन नसक्ने जवाफ पठाएका छन् ।

नेपालको संविधान निर्माणदेखि नै रुष्ट हुँदै आएको भारतको यस्तो निर्णयलाई पनि अर्थपूर्णरुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत संविधान दिवसको प्रमुख अतिथि बन्न निम्तो पठाएका थिए ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको अवसर पारेर असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ । तर मोदीको सन्देश बोकेर आएका जयशंकरलाई सबैभन्दा कडा जवाफ ओलीले दिएका थिए।

प्रतिक्रिया दिनुहोस्