जाइराबाट नम्रताको प्रशंसा



गत शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेतृ नम्रता श्रेष्ठ स्टारर फिल्म जाइराबाट उनले प्रशंसा पाएकी छिन्। फिल्म परिलिजकै बीचमा यसको ओरिजिनल साउन्ड ट्र्याक जिन्दगीको खेल सार्वजनिक गरिएको छ।

टम्बल बिड ब्यान्डले तयार पारेको गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिसा श्रेष्ठको गेस्ट अपिरियन्स छ। गीतको भिडियो पद्मबहादुर श्रेष्ठ बाबुले गीत खिचेका हुन्।

बदलाको कथामा आधारित फिल्ममा नम्रता मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा छिन्। फिल्ममा उनलाई एक्सन अवतारमा छिन्। आफ्नो चरित्रलाई आत्मसात गर्न आठ महिना लामो तालिम लिएर उनले मार्सल आर्टका सबै फर्म सिकेकी थिइन्। फिल्ममा मार्सल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रस्ट देखिन्छ।

यसमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुपविक्रम शाही, रेमणदास श्रेष्ठ, नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ। फिल्मका निर्देशक आशुतोषराज श्रेष्ठ हुन्।

प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्म बाबु श्रेष्ठले खिचेका छन् भने लोकेश बज्राचार्यको सम्पादन छ। चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो।

दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको फिल्मले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। फिल्म हेर्ने दर्शकले नम्रताको अभिनय र मेहनतको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्