१ प्याकेट आलु चिप्सको मूल्य ६ हजार



आलु सबै तरकारीका लागि मिल्ने चिज । सायद आलु मन नपराउने काही पनि छैनन होला । तरकारी मात्र नभएर आलुको विभिन्न परिकार बनाएर खान सकिन्छ । जस्तै : आलु चिप्स, आलुको अँचार आदि ।

यी विभिन्न परिकार मध्ये पनि आलु चिप्स सबैभन्दा लोकप्रिय रहेको हामीले देखेकै छौ । आम रुपमा हामीले खाने गरेको आलु चिप्सका प्याकेटको मूल्य ४० पचास रुपैयाँ पर्छ होला । तर अचम्म त त्यती बेला भयो जब एक प्याकेट आलु चिप्सको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्यो ।

सुन्दा अचम्ममा पर्नुभयोहोला, यो महंगो आलु चिप्सलाई स्वीडेनको सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको हो । अझै अचम्मको कुरा त के भयो भन्दा उक्त प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्सका टुक्रा हुन्छन् । अर्थात् एउटा टुक्रा चिप्सको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ । आखिर के छ र ? किन त्यती महङ्गो आलको टुक्रा भन्ने तपाइहरुलाई लाग्यो होला ।

वास्तवमा यो चिप्सको प्याकिङनै यसरी गरिएको छ कि त्यो अन्य आलु चिप्सको प्याकेट जस्तो नभई महंगो गहनाको प्याकेट जस्तो छ । यो चिप्सको प्याकेट बजारमा सर्वसुलभ रुपमा उपलब्ध नभई ग्राहकको अर्डर पछि मात्र उत्पादन गरिन्छ ।

उक्त चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र पनि हुन्छ, ता कि सक्कली वा नक्कली पहिचान गर्न सकियोस् । दुर्लभ सामाग्रीको प्रयोगले गर्दा यो आलु चिप्सको मूल्य धेरै हुन गएको कम्पनीले बताएको छ ।

चिप्समा प्रयोग गरिएको प्याज पनि दुर्लभ जातको हो । जुन केवल लेकस्याण्ड सहरमा मात्र उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्