पादलाई सुगन्धित बनाउने अनौठो औषधि



मानिसकको शरीरभित्र रहेको अनावश्यक ग्यासलाई पादको वा डकारको रुपमा बाहिर निकालिन्छ । कतिपय मानिसलाई यो समसयाले धेरै नै सताएको हुन्छ । बाहिर हिड्दा वा कतै बसदा उनीहरुलाई समस्या पर्ने गर्दछ । त्यसैमाथि पाद र डकारको दुर्गन्ध ।

यसका कारण स्ंवयम पाद्ने मानिसलाई त गाह्रो हुन्छ नै त्यसबाहेक वरिपरि बसेका अन् मान्छेलाई पनि दुर्गन्धले असर पार्दछ । तर अब यस विषयलाई लिएर चिन्तित हुने दिन गइसक्यो । हो, एउटा यस्तो औषधिको निर्माण भएको छ, जुन पादको समस्या भएकाका लागि वरादान सावित भएको छ । फ्रान्सको एउटा कम्पनीले यस्तो औषधि बनाएको दाबी गरेको छ जसले पादको दुर्गन्धलाई सुगन्धमा परिणत गरिदिन्छ ।

यस्तो अनौठो औषधिका आविष्कारक क्रिस्टियन पोन्चेवल नामका एक वैज्ञानिक हुन् । पश्चिमी फ्रान्समा बस्दै आएका क्रिस्टियनले आविष्कार गरेको उक्त औषधीले पादलाई गुलाब वा चकलेटको बासनामा परिणत गरिदिन्छ । उनले सन् २००७ देखि नै यस्तो औषधिको अनुसन्धानमा लागि परेका थिए । उक्त औषधी बिक्रिका लागि क्रिस्टियनले आफ्नो छुट्टै वेबसाइट खोलेका छन् ।

सो औषधि पूर्ण रुपमा प्राकृतिक रहेको वेबसाइटमा बताइएको छ । लुटिन मलिन नामक कम्पनी स्थापना गरी उनले यसको व्यवसायिक उत्पादन सुरु गरेका हुन् । केही वर्षअघि एउटा भोजमा जाँदा कुनै व्यक्तिले पादेपछि फैलिएको दुर्गन्धका कारण आफुले यस्तो औषधिको आविष्कार गरेको क्रिस्टियनले बताए ।

प्रतिक्रिया दिनुहोस्