अचम्मको ठाउँ जहाँ खेतबारीमा विषादी होइन रक्सीको प्रयोग गरिन्छ



खेतबारीमा लगाएको बालीनालीलाई किरा र रोगबाट बचाउन हामीले विभिन्न औषधि छर्किने गरेको त देखेका छौ । तर भारतको हरियाना राज्यका किसनाहरुले भने एउटा अनौठो शैली अपनाएका छन् । उनीहरुले खेतबारीमा औषधि नभई रक्सि छर्किने गरेका छन् ।

यो अनौठो र रोचक उपाए फतेहावाद जिल्लाका किसानहरुले अपनाएका छन् । पानीमा रक्सि मिसाएर उनीहरुले लागएको खेतीमा छर्किने गर्दछन् । भर्खरै सुरु गरिएको यो रोचक विधि कति सफल हुन्छ भन्ने हेर्न बाँकि नै छ ।

त्यहाँका किसानहरुले भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि सफल हुने विश्वासमा रहेका छन् । तथापि कृषि वैज्ञानिकहरुले यस्तै किसानहरुलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न वैज्ञानिकहरुले आग्रह गरेका छन् ।

किसानहरु भने कम खर्च हुने, उत्पादन बढ्ने, विषादी रहित खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै यो विधिको प्रयोगमा लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्