उडुसका कारण १ परिवारले तिरे १६ करोड क्षतिपूर्ति



काठमाडौँ । कतिपय मानिसका घरमा माउसुली, मुसा, साङ्लो, लामखुट्टे लगायतका कीराले आतंक मच्चाएका हुन्छन् । यस्तै अर्काे कीरा हो उडुस । हेर्दा सानो भएपनि यसको टोकाइ भने घातक हुने गर्दछ । उडुसका कारण अमेरिकी राज्य क्यालिफोर्नियका एक परिवारले १६ लाख डलर (करिव १६ करोड रुपैयाँ)  क्षतिपूर्ति तिरेका छन् ।

यो घटना २०१२ को हो । ३४ बर्षीया लिलना मर्टिनेज्को परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनाएको भन्दै सिभिल जुरीले १६ लाख डलर जरिवाना गरेको हो । उक्त परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक अपार्टमेन्टमा बस्दै आएका थिए । लिलनाका ३ वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरिरका विभिन्न भागमा रातो दाग देखा परेपछि उनलनइृ अस्पताल पगिएको थियो । चेकजाँचपछि त्यो उडुसले टोकेर भएको बताइयो ।

यस्तै उनकी तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको थियो । लिलनाले भनिन, जव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइन । बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको उनले बताइन् । उनको कुरा सुनेपछि यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

अमेरिकाको एक चर्चित पत्रिका द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा एउटै परिवारलाई यति धेरै क्षतिपूर्ति दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्