भुसको आगो पो हो कि ?



‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ यो उखान नसुन्ने नेपाली बिरलै होलान्। अहिलेको फेसबुके पुस्ताले झट्ट सुन्दा उखानको चुरो कुरो थाहा पाउँदैन, बुझ्दैन। तर तिनका बा–आमाले घरमैं पटक–पटक प्रयोगात्मक अभ्यास दोहोत्याउने भएसी उखान नबुझ्ने कुरै भएन।

अहिले त यो उखानको प्रयोगात्मक अभ्यास सर्वसाधारणका घरमा मात्रै सीमित छैन, राजनीतिक दलका दरबार र उनका मुख्य घरबारमा समेत व्यापक भइसक्या छ। अन्तर पार्टी जुहारी मात्रै होइन सत्तारुढ दलका शीर्ष नेताबीचको घम्साघम्सी, पाखुरा सुर्कने प्रतिस्पर्धा पनि अब त लोग्ने स्वास्नीको झगडा सरह रे।

गत साताको नेकपा सचिवालय बैठकमा पीएम ओली र अर्का नेता नेपालबीचको घम्साघम्सी छताछुल्ल भयो। ओलीले चर्कै व्यङ्ग्य वाँण प्रहार गरेसी दुई नेताबीचको वाक्युद्ध अब शीतयुद्धमा परिणत भाछ। यस्तो युद्धबारे मिडियाले मसलेदार पक्वान बनाउने नै भए, बनाए पनि।

मिडियाले निकै उछितो काट्ने स्थिती आएसी नेता नेपालले खण्डन गर्दै भने–‘सामान्य हो, लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै।’ झगडा परालको आगो हो कि भित्रभित्रै सल्किने भुसको हो भन्ने चुरो कुरो त ओली सिंगापुरबाट फर्किएसी थाहा भै हाल्छ नि कम्रेड।

अनि नेपाल कम्रेड, लोग्ने स्वास्नी बीचको झगडा भन्दै आफू उम्किने तर घरघरमा लोग्ने स्वास्नीको झगडा भै रहोस् भन्ने आशयको तर्क गर्नु अलि हजम भएन कि ?

प्रतिक्रिया दिनुहोस्