खोक्रो दाबी



हाम्रा मन्त्री, नेताहरूको दाबी पत्याउने हो भने नेपाल युरोप र युरोप नेपाल हुनुपर्ने तर के गर्नु गफले मात्र मुलुक बन्दैन। बन्ने छार्टकार्ट पनि छैन। बरु तर्क र दाबीको सगरमाथा, कञ्चनजंगा र अनेक हिमशृंखला बन्याबन्यै छन्।

गफको बाढी र खहरे चलिराख्या बेला स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली अब उपचारका लागि बिदेसिनुनपर्ने बरु विदेशी नेपाल आउने दाबी गरे।

विश्वस्तरको उपचार सेवा नेपालमै भएकाले उपचारका लागि बिदेसिनुपर्ने अवस्था नरहेको उनले संसद्मै बोले। ‘नेपालका अस्पतालमा एसिया मात्र होइन, युरोपका बिरामी पनि आएका छन्, नेपालको आर्खा उपचार विदेशमै प्रशंसनीय छ।’ –यादवले बोले।

उनको तर्क आफ्नो ठाउर्मा ठीक होला तर अन्य रोगको उपचारमा चाहिर् ? खैं त, क्यान्सर र अन्य रोगका बिरामी दैनिक भारतका विभिन्न अस्पतालमा गएकै छन्, ओखतीमुलोका लागि घरबारी बेचेर खनखनी क्यास गन्यागन्नै गर्नुपर्छ, ओखती झिकाउर्दा ठूलै बिटो जुटाउनुपर्छ भनेसी यादवले ठूलै कुरो नखोक्या भए हुने। प्रधानमन्त्री, मन्त्री, नेताको कुरो बखान गर्नै पर्दैन।

उनलाई नेपालमै जटिल रोगको उपचार हुन्छ भन्ने विश्वासै छैन। कुरो मन्त्री र नेताको मात्रै होइन उनका नातेदार र गोरु बेचेका साइनो सम्बन्ध नपर्ने तर नजिकको साइनो लगाउन मरिहत्ते गर्नेहरू त उपचारका लागि दिल्ली, थाइल्यान्ड, सिंगापुरै दौडिन्छन् भने अन्य खान्दानीको के कुरा भो र ?

प्रतिक्रिया दिनुहोस्