आकाश यात्रा बजारमा 



रवि खनाल, काठमाडौं । क्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ। पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डीआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भीके श्रेष्ठ, क्याप्टेन कोशकुमार थापा, क्याप्टेन वीएन अमात्य, निरौला पत्नी विना निरौलालगायतले गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले विमोचन गरेको बताउनुभयो। उहाँले भन्नुभयो–‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ।’

क्याप्टेन कोशकुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुन्छन्। त्यो कुरा क्याप्टेन निरौलाले यस पुस्तकमा लेखेकाले पुस्तक रोमाञ्चक रहेको बताउनुभयो।
प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालले नेपालमा मानव जीवनको दस्तावेज बनाउन आफूहरूले शुरू गरेकोले पूर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताउनुभयो।े
प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालले नेपालमा मानव जीवनको दस्तावेज बनाउन आफूहरूले शुरू गरेकोले पूर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताउनुभयो।
उहाँले भन्नुभयो–‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउन जरूरी छ। त्यो काम दधिराम निरौलाले गर्नुभएकोमा खुशी लागेको छ।’
क्याप्टेन पत्नी विना निरौलाले पाइलटको जीवन आकाशमा हुने पत्नीको जीवन धर्तीमा हुने हुनाले सधै लाग्ने डरको पनि यो पुस्तक दस्तावेज भएको बताउनुभयो। पाइलटको जीवन परिवारको लागि एकदमै कम हुँदा असन्तुष्टि भए पनि किताब बन्दा खुशी लागेको छ।
लेखक निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ। तपाईं किताब लेख्नुहोस् भन्ने पूर्व गभर्नर गणेशबहादुर थापाका भाइकोे प्रेरणा र घोस्ट राइटिङ नेपालको करबलले जीवनको पुस्तक बनाएको बताउनुभयो। आफ्नो बेलाका पाइलटको दुःख, संघर्षका साथै आकाशको यात्रा भएकोले पुस्तकको नाम ‘आकाश यात्रा संघर्ष र अनुभूति’ राखिएको हो।

प्रतिक्रिया दिनुहोस्