सयौँ सरकारी धर्मशाला व्यक्तिका कब्जामा



विमल विष्ट, डोटी ।
डोटी जिल्लामा भएका सयौ सरकारी धर्मशालाहरु पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ ।

त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा भत्कीने तथा जिर्ण बन्दै गएको प्रती स्थानियले देखेसो पोख्ने गरेका छन् । दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण भएको सरकारी धर्मशाला एक जना व्यक्तिले आफनो निजी आवासका रुपमा प्रयोग गरेको पाईएको छ ।

तत्कालिन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायल लगायतका ठाउँहरुमा आवत जावत गर्ने नागरिकहरुलाई बास बस्न सजिलो होस भन्ने उदेश्यले निर्माण गरिएको उक्त धर्मसाला वर्षौ देखी घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफनो निजी आवासको रुपममा प्रयोग गरेका छन् । उक्त धर्मशालालाई निज भारतिय नागरिक घचेट्टाले कोठा भित्रमा आफु बस्ने तथा कोठा बाहिरको चौरमा आफना खच्चरहरु बाध्ने गरेको दिपायल पिपल्लाका स्थानिय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो ।

उक्त धर्मसाला मात्र नभई जिल्लामा रहेको अधिकांस धर्मसालाहरु केही व्यक्तिले प्रयोग गर्दैआएका छन् भने कोही प्रयोग तथा मर्मत सम्भार नहुँदा दिनहुँ भत्कीदै जिर्ण बन्न थालेका छन् । त्यस्तै जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकिए क्षेत्रमा रहेको तत्कालिन राजा स्व. वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले लाएको पक्कि धर्मसालामा पनि निजी आवास जस्तै भएको छ ।

उक्त धर्मसालालाई त्यहाँका स्थानिय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैसी गोठालाहरुले वर्षौ देखी आफना भैसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका वडान. १ गुठेउडीका स्थानिय करन नेपालीले बताउनभयो । उक्त धर्मसालाको बाटो हुँदै आवत जावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस भन्ने उदेश्यले सरकारले केही थान खटिया तथा बेड बिस्तारा समेत उपलब्ध गराएको थियो । उक्त सरकारी धर्मसालाको रेख देखका लागि कर्मचारी खटाईएपनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी अर्थात चौकीदारका लागि रकम आउन छोडेपछि धर्मसाला लथालिंङ्ख हुनुको साथै व्यक्तिहरुले निजी आवास बनाउन थालेको स्थानिय करन ऐरले बताउनुभयो ।

उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटि पौवा र धर्मसाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । जिल्ला भरीका सरकारी रुपमा निर्माण भएका पुराना धर्मसाला, पार्टि, पौवा कती छन भन्ने यकिन तत्थ्यांङ्ख कुनै कार्यालयमा नभए पनि जिल्लाभरीमा कुल एकसय भन्दा बढी यस्ता पुराना धर्मसाला, पार्टि, पौवा भएको हुन सक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्