समाचार प्रभाव: हुने भयो बादुरेको उपचार

0
Shares

दयाराम पण्डित, बाजुरा
बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाईको उपचार काठमाण्डौंस्थित शुश्मा कोईराला मेमोरियल अस्पतालमा हुने भएको छ । आर्थिक अभाका कारण विगत ३ महिनादेखि जिल्ला अस्पतालको शैयामा भन्ने शीर्षकमा नेपाल समाचारपत्र लगायतका विभिन्न पत्रपत्रिका र अनलाईन तथा सामाजिक सञ्जालमा समाचार विवरण प्रकाशन भएकै भोलिपल्ट उनको उपचार खर्च जुटेको हो ।

बादुरेका लागि दुुई दिनमा २९ हजार रुपियाँ नगद संकलन भएको र नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाण्डौंमा उपचार गराउने संस्थाका अध्यक्ष सम्राठसिं बस्नेतसंग टेलिmोन सम्पर्क भएको बाजुरा नेपाल पत्रकारमहांसंघ बाजुरा शाखाका अध्यक्ष एवं सामाजिक अभियान्ता प्रकास सिंहले बताबताउनुुभयो । अध्यक्ष बस्नेतको समन्वय तथा शुस्मा कोईराला मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा उपचार हुने भएपछि बुधबार विहानै बादुरेलाई ना ७ख४०२को सुदुरपश्मि यातायातको बसमा काठमाण्डौं पठाइएको हो ।

फिल्म निर्माता तथा कलाकार अमित ढुंगानाबाट १० हजार, बाणिज्य बैंक बाजुरा प्रबन्धक जितजंग सिंहवाट पांच हजार, डाक्टर रुपचन्द्र विक बाट पांच हजार, नर्सिंङ स्टाफ बाट चार हजार, पत्रकार लक्ष्मी पाध्यायवाट २ हजार सेनानी रविन श्रेष्टवाट १०५० गरी २९५०० नगद जम्मा भएको थियो ।
आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेका बादुरेको उपचारका लागि पत्रकार महांसंघ बाजुराका अध्यक्ष एवं सामाजिक अभियान्ता प्रकाश सिंहले आमसञ्चार माध्याम चतथा सामाजिक सञ्जाल मार्फत उपचार खर्च संकलन अभियान चलाएका हुन् । ‘गरिवको सहारा कोही नभएको चित्त बुुझाउँदै घर जाने घरपविरलार्ई दुख् दिनुभन्दा आत्महत्या गर्नेसम्मको निराशाजनक दर्दनाक भाव ब्यक्त गर्नुहुन्थ्यो । पत्रकारकै साहारामा उपचार खर्च जुट्यो’ –बादुरेकी पत्नी कलु दमाईले भनिन् । ”

संक्रमण रोगका कारण पांच वर्ष अघि बांया खुुट्टो गुमाएका बादुरेको अझ दाँया खुट्टाको पैतलामा रहेको घाँउ बल्झीदै गएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नुपर्ने र अन्य चेकजाँच गर्नुपर्ने भएकाले सुबिधा सम्पन्न अस्पतालमा लिनु सुुझाब दिनुभएको थियो । सिंहले केही वर्ष यता बाजुराका ४० वढि अशक्त असाह्य विरामीको उपचारका लागि नब्बेलाख रुपैंया बडि आर्थिक सहयोग संकलन गरिसकेका छन् ।