ललिता निवास जग्गा प्रकरण आझेलमा पर्दैनः मन्त्रीअर्याल

0
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरमा छानबिन भइरहेकाले सरकारले ओझेलमा नपार्ने बताउनुभएको छ ।

उहाँले जग्गा प्रकरणमा तीन निकायबाट छानबिन भइरहेको बताउनु भएको हो । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी तीनवटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको बताउदै उहाँले भन्नुभयो,‘सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो ।

राजधानीमा बुधवार राजधानीमा आयेजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आर्यालय कारबाहीको लागि केही ढिलाई भएपनि दोषीहरु नउम्किने दावी गर्नुभयो । नेपालका सीमा स्तम्भको बारेमा जसरी बाहिर हल्लाआएको छ त्यस्तो अवस्थाभने अहिले नरहेको बताउदै यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र नापी विभाग मार्फत अनुगमन भैरहेको बताउनुभयो ।

सरकारले भुमिको समुचित उपयोग र व्यवस्थापन गर्ने गरि भू–उपयोग विद्येयक ल्याएको उल्लेख गर्दै नेपालमा अहिलेसम्मको अवस्था हेर्दा भुमि व्यवस्थापन सम्बन्धी एउटा मात्रै कानून प्रयोग नभएको बताउनुभयो ।
मन्त्री अर्यालले सरकारी जग्गा, जमिन अतिक्रमण र कब्जागर्ने कामलाई वर्तमान सरकारले रोकेको बताउदै भन्नुभयो–‘हिजो अतिक्रमण र कब्जा गरिएका सरकारी जग्गा यो सरकार आएपछि फिर्ता लिने प्रक्रिया अघि बढाएको छ ।

सरकारले अहिले भूमिको व्यवस्थापनको लागि छुट्टै खालको सफ्टवेयर पनि विकास गरेको छ, भूमि व्यवस्था विभाग मार्फत अब सफ्टवेयरले जग्गा दर्ता लगायतका काम गर्दछ । अब पहिले जस्तो सरकारी जग्गा अतिक्रमण गर्ने, कर्मचारीको मिलेमतोमा कब्जागर्ने काम बन्द भएको छ, उहाँले भन्नुभयो ।
जग्गाको नाप, नक्शा पनि अब जिपिएसएस प्रविधि अनुसार हुने बताउदै यस खालको प्रविधि नेपालका विभिन्न भागमा १ सयदेखि १सय ५० स्थानमा स्थायी रुपमा राख्ने तयारी भएको बताउनुभयो ।

अब जग्गाको कित्ता, नापी नि डिजिटल नापी (टोटल स्टेरेशन) बाट नाप र नक्शाको काम गरिरहेको बताउदै यस खालको सिष्टम लागू सँगै दैवि प्रकोपको बारेमा पनि सूचना दिने बताउनुभयो ।

उहाँले स्याटलाईट ईमेजको पनिप्रयोग गर्न लागिएकोबताउै भन्नुभयो–जमिनको सतहको अवस्था के कस्तो छ भनेर यसले देखाउँछ ।
नेपालको महत्वपूर्ण पुँजी भनेको नै भूमि भएकोले यसको वैज्ञानिक व्यवस्थापन र समुचित उपयोग गर्नेगरी सरकार अघि बढिरहेको मन्त्री आर्यालले बताउनुभयो ।