गुल्मी पहिरो अपडेट : ३ सय घर परिवारका १२ सय बढि प्रभावित  



अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतीमा पहिरोले गाउँ नै प्रभावित बनेपछि घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्ती, बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवाह निर्माण गर्न क्षती र नामावली संकलन गर्न थािलएको छ । पहिरोले ठूलो जनधनको क्षती पुर्याएपछि त्यस स्थानमा राहत र पुनरस्थापनको लागि पहल सुरु हुन लागेको छ ।

गत हप्ताको मंलवार राती गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।

प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिरोले बिस्थापितलाई सोहि स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।

प्रभावितहरु स्कुलमा बस्नु पर्दा बृद्ध, गर्ववती, वालवालिकालाई समस्या परेको बताउँछन् । ठूलोलुम्पेक र लिम्घामा ठूलो पहिरो जानुमा ०७२ सालको भुकम्पको कारणले जमिन चर्किएको ठाउँबाट पहिरो गएको प्रराम्भीक अनुमान पनि गरिएको छ ।

ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५ सय र ५ वटा भन्दा वढि २ किलो मिटर सम्मका ठूलो पहिरो गएका छन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि राहत सामाग्री बाटोमै रोकिएको छ । प्रभावितलाई हेलिकप्टर मार्फत खाध्यन्न लगिएको छ ।

बुधवार लगिएको खाध्यन्न सकिन लागेपछि पुनः सोमबार पनि हेलिकप्टरबाट खाध्यन्न लगायत अरु राहतका सामाग्री पनि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

प्रभावित क्षेत्रमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नको लागि स्थान र प्रभावितहरुको नामावलि संकलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो ।

पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्