बन्दुक सहित २ पक्राउ



सिराहा । बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ११ परचिलवा बस्ने १९ वर्षीय मनिष मण्डल र सोही ठाउँ बस्ने २४ वर्षीय मोहम्मद जाकीर मंसुरी रहेका छन् ।

मण्डल र मंसुरीलाई एक थान बन्दुक सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा मनिष र मोहम्मदलाई बिआर ३२ क्यु १३८० नम्बरको मोटरसाइकल र बन्दुक सहित पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्