अंगुर दाहाल
भुलायौ म भुलें र भुल्ने रहर भो
अनि दुःख पाएँ र जीवन कहर भो
नबन्नु मजस्तै कसैले दिवाना
लुटिएँ म आफू लुटेरा रमाना ।
फसायौ तिमीले जसै चाल पाएँ
गुमाएर सारा यो आँसु बगाएँ
बुझें सत्य जैले र बुझ्दा ठहर भो
तिमी जाली रैछौ नबुझ्नु जहर भो ।
नचिनी म फस्नु अति भो खराबी
त्यहींदेखि नित्य बनें म शराबी
जसै प्युन थालेँ त्यसै बरबराएँ
जतिथ्यो प्रतिष्ठा सबै नै गुमाएँ ।