सिन्धुलीमा अनलाइन प्रणालीबाट राजश्व संकलन शुरु



बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक अनलाईन प्रणालीबाट राजश्व संकलन गर्न सुरु गरेको छ ।

नगरपालिकाले उठाउने सम्पुर्ण कर नगरका १४ वटै वडा कार्यालय तथा नगरपालिकाको कार्यालय मार्फत अनलाईन प्रणालीबाट रावश्व संकलन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको काम समय अनुकुल र सुचना प्रविधिसंग जोड्दैँ नगरबासीको सहजताका लागी अनलाईन प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले बताए ।

नगरपालिकाले एकिकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरण लगायतका राजश्व अनलाईनबाट संकलन गर्ने उनले बताए ।

‘नगरपालिकाको प्रत्यक वडाबाट अनलाईन मार्फत राजश्व संकलनको काम सुरु भएपछि राजश्व बुझाउन कै लागी टाँडाटाँडाबाट नगरपालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ । अव नगरले विकसित भएका राम्रा सुचना तथा प्रविधिको प्रयोग गर्दै नगरवासीको हितमा काम गर्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्