घुसमा छुट



राजधानीमा इन्जिनियरहरुको सम्मेलन चलिरहेको छ । सम्मेलनमा इन्जिनियरहरुको जमघट हुनु स्वभाविक हो । सम्मेलनमा सहभागी हुन पाउनेहरु आफैलाई निकै ठूलो ठालु, ठूली बडी ठान्छन् । तर सम्मेलनलाई नै ओझेल पार्ने इन्जिनियरहरुको खास जमघट भने जिल्ला तिरै देखियो ।

दोलखा, सिन्धुपाल्चोक र बर्दियाका ६ इन्जिनियर फटाफट घुस सहित समातिएपछि खास जमघट जिल्लामै भएको पुष्टी भयो । २४ घन्टाको अवधिमा ६ जना ३० लाख भन्दा बढी घुससहित समातिएका हुन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, सोही कार्यालयका सिन्धुपाल्चोक इन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई प्रहरीले भक्तपुरबाट कठालो समात्या हो ।

कर्णाली नदी नियन्त्रण आयोजनाका कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरिप्रसाद चौधरी शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट १५ लाख रुपियाँको मोटो विटो सहित पक्राउ परे । धरहराको ठहर छ–यी ६ जनालाई प्रहरीले घोर्के ठ्याक लाएसी अन्य इन्जिनियर सापहरुको सातो पुत्लो उड्या छ । धेरैजसो त काठमाडौं सम्मेलनमा घुसेर चोखिने प्रयासमा जुट्या छन् ।

यस्तो ठूलो विटो सम्मेलनका बरिष्ठहरुलाई चढाउने दान दक्षिणा पो थ्यो कि ? अचम्मै छ भन्या, यो इन्जिनियरिङ भन्ने विषय उस्तो हो कि, उपभोक्ता उस्ता हुन्, घुस नभई छुस्स कहिँ कतै काम नचल्ने । राज्यले नै यीनलाई घुसमा विशेष छुट द्या छ कि ?

प्रतिक्रिया दिनुहोस्